|  

गाजामा युद्धविरामपछि पनि ३४० भन्दा बढी बालबालिकाको मृ#त्यु

३१ असोज, काठमाडौं ।  अक्टोबर २०२५ मा लागू भएको युद्धविराम सम्झौतापछि पनि गाजामा इजरायली आक्रमणका कारण ३४० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ।

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)का अनुसार यस अवधिमा सयौँ बालबालिका घाइते भएका छन्।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा युनिसेफका प्रवक्ता रिकार्डो पिरेसले गाजामा नाकाबन्दी जारी रहँदा पनि प्यालेस्टिनीमाथि आक्रमण भइरहेको बताएका छन्।

उनका अनुसार पछिल्लो दुई सातामा पाँच बालक र दुई बालिकाको मृत्यु भएको छ भने कम्तीमा ३३ जना बालबालिका गम्भीर घाइते भएका छन्।

प्रवक्ता पिरेसका अनुसार गाजामा अझै करिब आठ लाख बालबालिका विस्थापित अवस्थामा रहेका छन्।