|  

क्यानडाविरुद्ध नेपालले टस हार्‍यो, पहिले बलिङ गर्दै

३१ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय शृङ्खलाको तेस्रो खेलमा नेपालले क्यानडाविरुद्ध टस हारेको छ।

क्यानडाका कप्तान हमजा तारिकले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन्।

ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा हुने खेलका लागि नेपालले टोलीमा एक परिवर्तन गरेको छ। सन्दीप जोराको स्थानमा गुल्शन झा टोलीमा फर्किएका छन्।

जारी शृङ्खलामा नेपालले यसअघि क्यानडा र ओमानलाई पराजित गरिसकेको छ।