|  

किशोर श्रेष्ठलाई घरबाटै साइबर ब्युरो लगियो, हिमेश पन्तसँगको विवादमा छलफल हुँदै

३१ असाेज, काठमाडाैं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोले छलफलका लागि कार्यालय लगेको छ।

शनिबार बिहान प्रहरी टोली नख्खुस्थित उनको निवासमै पुगेको थियो। समाचारको विषयलाई लिएर रास्वपा केन्द्रीय सदस्य हिमेश पन्तले श्रेष्ठविरुद्ध साइबर ब्युरोमा निवेदन दिएका थिए। श्रेष्ठले पनि पन्तविरुद्ध निवेदन दिएको र दुवै पक्षलाई राखेर छलफल गर्ने तयारी रहेको ब्युरो स्रोतले जनाएको छ।यसअघि साउन २७ गते पक्राउ परेका श्रेष्ठ सर्वोच्च अदालतको आदेशपछि भदौ १ गते हिरासतमुक्त भएका थिए।