|  

हिमेश पन्तलाई पनि साइबर ब्युरो बोलाइयो

३१ असोज, काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तलाई छलफलका लागि बोलाएको छ।

जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठविरुद्ध ब्युरोमा उजुरी दिएपछि पन्तलाई पनि बोलाइएको हो।

यसअघि प्रहरीको टोलीले पत्रकार श्रेष्ठलाई ललितपुरको नख्खुस्थित निवासबाट साइबर ब्युरो लगेको थियो। स्रोतका अनुसार पन्त पनि ब्युरोतर्फ प्रस्थान गरिसकेका छन्।

समाचारको विषयलाई लिएर श्रेष्ठ र पन्त दुवैले एकअर्काविरुद्ध साइबर ब्युरोमा निवेदन दिएका छन्। ब्युरोले दुवै पक्षलाई राखेर छलफल गराउने तयारी गरेको जनाइएको छ।