३१ असाेज, काठमाडाैं । नुवाकोटको ढुङ्गेबजार र प्रमुख व्यापारिक केन्द्र त्रिशूली बजार जोड्ने २६७ मिटर लामो झोलुङ्गे पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघको आर्थिक सहयोग तथा प्राविधिक समन्वयमा रसुवा-भोटेकोशी बाढीपछिको संकट समाधानका लागि केवल एक महिनाको छोटो अवधिमै सम्पन्न गरिएको उक्त पुल सञ्चालनमा आएको हो । एक कार्यक्रमबीच महासंघका अध्यक्ष निकोलस पाण्डेले पुलको उद्घाटन गर्नुभयो । गत भदौ १० गतेको बाढीपहिरोले आवतजावत विच्छेद भएपछि स्थानीय बासिन्दा, बिरामी तथा विद्यार्थीले लामो समयदेखि सास्ती खेप्दै आएका थिए । संकट समाधानका लागि महासंघको पहलमा भदौ तेस्रो सातादेखि द्रुत गतिमा निर्माण थालिएको पुल सञ्चालनमा आएसँगै दुवै बजारबीचको सम्पर्क पुनस्र्थापित भएको छ ।
उद्घाटन समारोहमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजेन्द्रविक्रम सिंह ठकुरीले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत महासंघले विपद्का समयमा खेलेको भुमिका प्रशंसनीय रहेको बताउनु भयो । त्यस्तै, निर्माण व्यवसायी संघ नुवाकोटका अध्यक्ष शैलेन्द्रराज प्याकुरेल तथा वागमती प्रदेश अध्यक्ष छत्रबहादुर तामाङले छोटो समयमै हजारौँ नागरिक लाभान्वित हुने संरचना निर्माण भएकाले व्यवसायीप्रतिको सामाजिक दृष्टिकोण सकारात्मक बन्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल विद्युत प्राधिकरणको जग्गा समेत उपयोग गरी निर्माण गरिएको उक्त पुलबाट सर्वसाधारणका साथै बिरामी बोकेका एम्बुलेन्स सेवा र आवश्यकताअनुसार मोटरसाइकल समेत आवतजावत गराउन सकिने स्थानीय सरोकारवालाहरूले जनाएका छन् । चाडपर्वको मुखमा पुल निर्माण सम्पन्न भएसँगै नुवाकोटवासीले सहज आवागमनको राहत पाएका छन् । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar