३१ असाेज, काठमाडाैं । नेपाली काँग्रेस केन्द्रिय निर्वाचन समितिले १५ औँ महाधिवेशन सम्पन्न भएपछि आफ्नो खातामा संकलित रकममध्ये १ करोड रुपैयाँ केन्द्रिय कार्यसमितिलाई हस्तान्तरण गरेको छ ।
पार्टी सञ्चालन तथा नवनिर्वाचित नेतृत्वलाई आर्थिक अभाव नहोस् भन्ने उद्देश्यले सो रकम बराबरको चेक हस्तान्तरण गरिएको निर्वाचन समितिले जनाएको हो । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सम्पन्न भएपछि केन्द्रिय निर्वाचन समितिको खातामा जम्मा भएको मौज्दात रकमबाट १ करोड रुपैयाँ पार्टी केन्द्रीय कार्यालयलाई हस्तान्तरण गरिएको हो । निर्वाचन समितिले निर्वाचन सम्पन्न गर्ने क्रममा संकलित कुल रकमको हिसावकिताव टुंग्याउने कार्य जारी रहेको जनाएको छ । निर्वाचन समितिका पदाधिकारीहरूले महाधिवेशनका क्रममा कुनैपनि किसिमको व्यक्तिगत पारिश्रमिक वा भत्ता नलिई स्वयंसेवी रूपमा कार्यसम्पादन गरेको स्पष्ट पारेका छन् । सोही निःस्वार्थ योगदानका कारण बचेको रकम पार्टीको संगठनात्मक सुदृढीकरण तथा नवनिर्वाचित नेतृत्वको कार्यसम्पादनलाई सहजीकरण गर्न हस्तान्तरण गरिएको समितिले स्पष्ट पारेको छ ।
नवनिर्वाचित नेतृत्वलाई केवल शुभकामना मात्र दिएर नपुग्ने भन्दै राजनीतिक तथा सांगठनिक अभियान सञ्चालन गर्न आर्थिक स्रोत अनिवार्य हुने निर्वाचन समितिको ठहर छ । सोही आवश्यकतालाई ध्यानमा राखी गगनकुमार थापासहितको नयाँ टिमलाई काम गर्न सहज होस् भन्ने हेतुले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरिएको समितिले जानकारी दिएको छ । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar