|  

जाजरकोटमा फेरि सवारी दुर्घटना : दुईको मृत्यु, तीनको अवस्था गम्भीर

३१ असाेज, काठमाडाैं । जाजरकोटमा दुई दिनको अन्तरालमा अर्को सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

शनिबार दिउँसो भेरी करिडोरअन्तर्गत नलगाड-८ मालुवामा अटो अनियन्त्रित भई दुर्घटना हुँदा नलगाड-९ का १७ वर्षीय सन्तोष विक र ५५ वर्षीय रमेश विकको मृत्यु भएको हो। दुर्घटनामा चालक करण परियारसहित प्रेम परियार र गोपाल परियार गम्भीर घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ। दुई दिनअघि जुनीचाँदेमा जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो। चाडपर्वकै मुखमा लगातार भइरहेका दुर्घटनाले स्थानीयवासीमा चिन्ता बढाएको छ।