|  

नेपाली सेनाले गर्‍यो फूलपाती बढाईं

३१ असाेज, काठमाडाैं । नेपाली सेनाले फूलपाती बढाईं गरेको छ ।

काठमाडौंस्थित टुँडिखेलमा नेपाली सेनाले फूलपातीको दिनको अवसरमा फूलपाती बढाईं गरेको हो । सेनाले हरेक वर्ष फूलपातीको दिनमा टुँडिखेलमा फूलपाती बढाईं गर्दै आएको छ । फूलपाती बढाईं समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, नेपाल सरकारका मन्त्रीहरु तथा सरकारका उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको छ । फूलपाती बढाईं समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विभिन्न कला कौशल पनि देखाइएको छ । —न्युज एजेन्सी नेपाल