|  

सुनकोसी नदीमा जीप खस्दा तीनजनाको मृत्यु, तीन बेपत्ता

१ कात्तिक, काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट जीप सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन्।

आइतबार बिहान करिब २ः३० बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको यात्रुवाहक जीप सडकबाट करिब २०० मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालकसहित चारजना घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा प्राथमिक उपचारपछि सिन्धुली जिल्ला अस्पताल पठाइएको छ।

घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी रत्नावती र खाङसाङबाट प्रहरी टोली उद्धारमा खटिएको थियो।