|  

तातोपानी नाका आजदेखि ३ दिन खुल्ने

१ कात्तिक, काठमाडौं । चीनसँग सिमाना जोडिएको तातोपानी नाका आज कात्तिक १ गतेदेखि ३ गतेसम्म खुल्ने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उक्त अवधिमा नाकाबाट मालवाहक सवारीसाधनलाई मात्र आवतजावतको अनुमति दिइएको छ।