|  

भारतमा धान बोकेको ट्रकले ठक्कर दिँदा १२ तीर्थयात्रीको मृ#त्यु, २७ घाइते

१ कात्तिक, काठमाडौं ।  भारतको मध्य प्रदेशस्थित ग्वालियरमा शीतला माता मन्दिर नजिकै धान बोकेको अनियन्त्रित ट्रकले तीर्थयात्रीहरूलाई ठक्कर दिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन्।

घाइतेमध्ये पाँचदेखि छ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्। आइतबार बिहान करिब १ः३० बजे चिनोरबाट मन्दिरतर्फ आउँदै गरेको ट्रकले ठाडो ओरालोमा नियन्त्रण गुमाएको थियो। उक्त सडकमा भारी सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको भए पनि ट्रकले प्रहरीका अवरोध तोड्दै तीर्थयात्रीहरूलाई ठक्कर दिएको थियो।

त्यसपछि ट्रक मन्दिरको बाहिरी पर्खाल र ढोकामा समेत ठोक्किएको थियो।दुर्घटनापछि ३९ जनालाई अस्पताल पुर्‍याइएको र तीमध्ये १२ जनाको मृत्यु भएको स्रोतले जनाएको छ । उक्त घटनामा ड्युटीमा रहेका दुई जना प्रहरी कर्मचारीसमेत घाइते भएका छन्।