|  

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

१ कात्तिक, काठमाडौं ।  प्रहरीले लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसर भद्रकालीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षा प्रयोजनका लागि प्रहरी कार्यालय ल्याएपछि सुरु भएको अनुसन्धान ईनम सपकोटासम्म पुगेको थियो ।

अनुसन्धानका क्रममा जबरा र भट्टबीच कुराकानी भएको देखिएको प्रहरीले जनाएको छ । जेलमा रहेका दीपक भट्टलाई छुटाउने प्रयासस्वरूप सुशील भट्टले सपकोटासँग कुराकानी गरेको र सपकोटाले जबरामार्फत वातावरण बनाउन खोजेको प्रहरी अधिकारीहरूको आशंका छ।