|  

कांग्रेसका युवा नेता तथा लुम्बिनी प्रदेशका पूर्व सांसद फकुरुद्दिन खान रास्वपामा प्रवेश

१ कात्तिक, काठमाडौं ।  नेपाली कांग्रेसका युवा नेता तथा लुम्बिनी प्रदेशका पूर्व सांसद फकुरुद्दिन खान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।

खानले नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच आफूले देखेको राजनीतिक समानतालाई मुख्य कारणका रूपमा प्रस्तुत गर्दै रास्वपामा प्रवेश गरेको बताएका छन् ।

लुम्बिनी प्रदेशसभामा रहँदा खान नेपाली कांग्रेसका प्रमुख सचेतकसमेत थिए। उनी रुपन्देहीबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।