|  

एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैनः जसपा अध्यक्ष यादव

१ कात्तिक, काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा), नेपालले नेकपा (एमाले)सँग सहकार्य नगर्ने स्पष्ट पारेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको फोटोसहितको समाचार सार्वजनिक भएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक सञ्जालमार्फत उक्त कुरा सार्वजनिक गरेका हुन्।

अध्यक्ष यादवका अनुसार सरकारमा सहभागी हुने सम्बन्धमा न त कुनै निर्णय नै गरिएको छ, न त कुनै नीति नै लिइएको छ। यसका साथै कसैसँग कुनै समझदारी पनि नभएको र तत्काल यो सम्भव नरहेको उनले बताएका छन्।