१ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि लगाइएका कडा प्रतिबन्धको कार्यान्वयनमा छुट दिएपछि अमेरिकी संसद्का डेमोक्र्याट र रिपब्लिकन नेताहरूले निर्णयको आलोचना गरेका छन्।
गत सेप्टेम्बरमा ८६–११ मतले पारित प्रतिबन्धसम्बन्धी कानुनलाई कार्यकारी आदेशमार्फत निलम्बन गरेपछि सांसदहरूले यसलाई गैरजिम्मेवार कदम भन्दै विरोध गरेका हुन्। उक्त कानुनले रुसी तेल खरिद गर्ने देशहरूमाथि समेत प्रतिबन्ध लगाउने व्यवस्था गरेको थियो।
डेमोक्र्याट सिनेटर रिचर्ड ब्लुमेन्थलले निर्णयले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फाइदा पुर्याउने बताएका छन्।
रिपब्लिकन सिनेटर थम टिलिसले पनि युक्रेनमाथि रुसी आक्रमण भइरहेका बेला प्रतिबन्धमा छुट दिनु गलत भएको टिप्पणी गरेका छन्।
यता, ह्वाइट हाउसले भने रुस–युक्रेन युद्ध अन्त्य गर्न जारी वार्तालाई सहज बनाउन राष्ट्रपतिले यस्तो निर्णय लिएको जनाएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar