|  

रुसमाथिका प्रतिबन्ध र शुल्क कार्यान्वयनमा ट्रम्पको ६० दिनको रोक

१ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध र शुल्क लगाउने योजना कार्यान्वयनमा ६० दिनको रोक लगाएका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोका अनुसार विश्व अर्थतन्त्रमा पर्न सक्ने प्रभाव अध्ययन गर्न समय लिइएको हो।

इरानसँगको युद्ध र यमनका हुथी समूहका आक्रमणका कारण तेल तथा डिजेलको मूल्य बढेकाले प्रस्तावित प्रतिबन्धको प्रभाव विश्लेषण गर्नुपर्ने उनको भनाइ छ।

तर, ट्रम्पको निर्णयले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फाइदा पुग्ने भन्दै अमेरिकी सांसद र युक्रेनले आलोचना गरेका छन्।