|  

तीन दिनका लागि खुल्यो तातोपानी नाका, मालवाहक सवारीलाई मात्रै अनुमति

०१ कात्तिक, काठमाडौं । नेपाल-चीन सीमास्थित तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा खुला गरिएको छ।

नेपाली पक्षको आग्रह स्वीकार गर्दै चीनले कात्तिक १ देखि ३ गतेसम्म मालवाहक सवारीसाधनलाई मात्रै आवतजावत गर्न दिने भएको हो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहका अनुसार नाका सञ्चालनले नेपाल-चीन व्यापारलाई सहज बनाउनुका साथै चाडपर्वको समयमा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापनमा राहत पुग्ने अपेक्षा गरिएको छ।