|  

वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने

१ कात्तिक, काठमाडौं । वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेलले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० खेल्ने भएका छन्।

विराटनगरले सामाजिक सञ्जालमार्फत रसेललाई अनुबन्ध गरेको जानकारी दिएको हो।

विश्वका दर्जनभन्दा बढी टी–२० लिग खेलिसकेका रसेलले वेस्ट इन्डिजबाट १४३ खेल खेलेका छन्।

उनले ८६ टी–२० अन्तर्राष्ट्रिय खेलमा १ हजार १२२ रन बनाउनुका साथै ६१ विकेट लिएका छन्।