|  

दिल्लीमा सरकारविरोधी प्रदर्शनपछि प्रहरीको एक्सन, तीन मुद्दा दर्ता, १७ सामाजिक सञ्जाल एकाउन्ट छानबिनमा

०१ कात्तिक, काठमाडाैं । भारतको राजधानी नयाँदिल्लीमा सरकारविरोधी प्रदर्शनमा सहभागीहरूमाथि प्रहरीले कानुनी कारबाही अघि बढाएको छ।

शुक्रबार आयोजित ‘लहरा दो तिरंगा’ प्रदर्शनपछि कम्तीमा तीनवटा मुद्दा दर्ता गर्दै प्रहरीले १७ वटा सामाजिक सञ्जाल एकाउन्टमाथि समेत अनुसन्धान थालेको हो। भारतीय सञ्चारमाध्यमका अनुसार मुद्दामा कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के, विद्यार्थी नेतृ नेहा बोरा र आम आदमी पार्टीका नेताहरूको नाम समावेश छ। उनीहरूमाथि निषेधाज्ञा उल्लंघन, सडक प्रदर्शन र प्रहरीको काममा अवरोध पुर्‍याएको आरोप छ।

प्रहरीले सिसिटिभी फुटेज र सामाजिक सञ्जालका भिडिओमार्फत थप प्रदर्शनकारीको पहिचान गरिरहेको छ।