|  

दशैंमा घर छोडेर बाहिर निस्किँदा मेनस्विच बन्द गर्न विद्युत प्राधिकरणको आग्रह

१ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बडा दशैंमा घर छोडेर बाहिर निस्कँदा विद्युतीय सुरक्षामा विशेष ध्यान दिन सर्वसाधारणसँग आग्रह गरेको छ ।

चाडपर्वको समयमा घरमा कोही नहुने अवस्था आएमा सकभर ‘मेन स्विच’ नै बन्द गरेर हिँड्न प्राधिकरणले अनुरोध गरेको हो ।

हालै एक सचेतनात्मक भिडिओ सन्देश जारी गर्दै प्राधिकरणले दशैंमा घरबाट निस्किनुअघि विद्युतीय उपकरणको अवस्था अनिवार्य रूपमा पुनः जाँच गर्न सुझाएको छ ।