|  

महाअष्टमीमा पनि घर फर्कने यात्रुको चाप, उपत्यका छाड्नेको संख्या झन्डै ५ लाख

०१ कात्तिक, काठमाडौं । बडादसैँ मनाउन घर फर्कने यात्रुको चाप महाअष्टमीका दिन आइतबार पनि देखिएको छ।

नयाँ बसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशालालगायतका क्षेत्रमा यात्रुको भीड लागेको छ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार घटस्थापनादेखि हालसम्म ४ लाख ९६ हजार यात्रुले उपत्यका छाडिसकेका छन्। अष्टमीको बिहान उपत्यका बाहिरिने सवारीसाधनको चाप बढी रहे पनि त्यसपछि क्रमशः घट्दै गएको उनले बताए। दसैँका लागि ठूलो सङ्ख्यामा सर्वसाधारण उपत्यकाबाहिरिएसँगै काठमाडौंका सडकमा सवारीसाधनको चापसमेत घटेको छ।