|  

हिमेश पन्त र किशोर श्रेष्ठबीच साइबर ब्युरोमा छलफल, प्रेस काउन्सिल जाने सहमति

०१ कात्तिक,काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष एवं पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि फर्किएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा कलाकार हिमेश पन्तको उजुरीपछि प्रहरीले श्रेष्ठलाई सोधपुछका लागि कार्यालय लगेको थियो। पन्तले आफ्नो सम्पत्ति हडपेको विषयमा जनआस्थामा समाचार प्रकाशित भएपछि आपत्ति जनाउँदै साइबर ब्युरोमा उजुरी दिएका थिए। ब्युरोमा पन्त र श्रेष्ठबीच छलफल भएको थियो। साइबर ब्युरेका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार छलफलपछि दुवै पक्ष सौहार्दपूर्ण रूपमा छुट्टिएका छन्। उनीहरूबीच थप छलफलका लागि प्रेस काउन्सिल नेपाल जाने सहमति भएको छ।