०२ कात्तिक, काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित बुचाकोट (दुबैगैंडा) नजिक ईभी हायस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। झापाबाट काठमाडौं आउँदै गरेको हायस अनियन्त्रित भएर सडकबाट करिब २०० मिटर तल खसेको हो।
प्रहरीका अनुसार बा ३ ख ८४५९ नम्बरको हायस मंगलबार बिहान करिब २:२५ बजे दुर्घटनामा परेको थियो। दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी चौकी भकुण्डेबेँसी र अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरी नायब निरीक्षक प्रकाश पाण्डे र प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेको नेतृत्वमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टले जानकारी दिए। दुर्घटनामा हायस चालक इलाम नगरपालिका–६ का ३७ वर्षीय लोकबहादुर सेन्चुरी, काभ्रेको भुम्लु गाउँपालिका–७ की २६ वर्षीया रिता आपाँगाई र उनका नौ वर्षीय छोरा रितिक आपाँगाई घाइते भएका छन्।
उद्धार गरिएका तीनै जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। प्रारम्भिक जानकारीअनुसार उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटना के कारणले भयो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar