०२ कात्तिक, काठमाडौं । दसैंका बेला सार्वजनिक यातायातको अभावमा सर्वसाधारणलाई आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकामा तीन दिनका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ।
सशस्त्र प्रहरीले दसैंको अवसरमा दुई वटा बस सञ्चालनमा ल्याएको हो। सार्वजनिक यातायातका साधन कम चल्ने भएकाले यात्रुलाई सहज सुविधा उपलब्ध गराउन सेवा सुरु गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डीआईजी नेत्रबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार बस सेवा आजदेखि लगातार तीन दिनसम्म बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ।
दुई बसका छुट्टाछुट्टै रुट
सशस्त्र प्रहरीका अनुसार पहिलो बस प्रधान कार्यालयबाट छुटेर बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानमा सञ्चालन हुनेछ।
त्यस्तै, दोस्रो बस प्रधान कार्यालयबाटै सुरु भएर सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै चल्नेछ। दसैंका बेला सार्वजनिक यातायातको संख्या घट्दा यात्रुले भोग्नुपर्ने सास्ती कम गर्ने र गन्तव्यसम्म पुग्न सहज बनाउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। यस सेवाबाट दसैंका बेला उपत्यकाभित्र आवतजावत गर्ने सर्वसाधारण लाभान्वित हुने अपेक्षा गरिएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar