|  

प्रथम महिलासहित राष्ट्रपति पौडेल नक्साल भगवती मन्दिरमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दसैँको अवसरमा सोमबार काठमाडौंको नक्साल भगवती मन्दिर पुगेर पूजाआराधना गरेका छन्।

प्रथम महिला सबिता पौडेलसहित मन्दिर पुगेका राष्ट्रपति पौडेलले भगवतीको दर्शन गर्नुका साथै पुजारीबाट फूल, प्रसाद र टीका ग्रहण गरेका हुन्। राष्ट्रपति पौडेलले दसैँका बेला काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठमा पुगेर दर्शन गर्ने परम्परा रहँदै आएको छ। उनले नक्साल भगवतीसहित शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी र दक्षिणकालीलगायत मन्दिरमा दर्शन गर्दै आएका छन्।