०२ कात्तिक,काठमाडौं । दसैं, तिहार लगायतका चाडपर्वमा हुनसक्ने सम्भावित आगलागी तथा विपद् व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले सुरक्षा व्यवस्था चुस्त बनाएको छ।
चाडपर्वका समयमा आगलागीको जोखिम बढ्ने भएकाले काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभागअन्तर्गतको वारूण यन्त्र कार्यालयले विपद् व्यवस्थापनका उपकरण तथा जनशक्ति तयारी अवस्थामा राखेको जनाएको छ। महानगरका फायर कमाण्डर तथा नगर प्रहरी वरिष्ठ नायब निरीक्षक नरेशराज कुँवरले बारुण यन्त्र कार्यालयले हाल तीन वटा स्थानबाट सेवा सञ्चालन गरिरहेको जानकारी दिए। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले तीन वटै स्थानमा दमकल, विपद् व्यवस्थापनका उपकरण तथा जनशक्तिलाई आवश्यक परेको समयमा तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको बताए। कुँवरका अनुसार आगलागी वा अन्य विपद्को सूचना प्राप्त हुनासाथ प्रतिकार्यका लागि टोली एक मिनेटभित्र कार्यालयबाट परिचालन हुने व्यवस्था मिलाइएको छ।
उपत्यकाका विभिन्न स्थानमा हुने आगलागी तथा विपद्का घटनामा पाँच मिनेटभित्र पुग्ने लक्ष्यसहित तयारी रहेको उनले बताए। उनले आगलागी भएको स्थान र महानगरपालिकाका दमकल स्टेसनबीचको दूरीका आधारमा घटनास्थलमा पुग्ने समय फरक पर्नसक्ने भए पनि विपद्को सूचना प्राप्त भएपछि तत्काल परिचालन हुने गरी जनशक्ति तथा उपकरण तयारी अवस्थामा राखिएको दोहोर्याए। उनले चाडपर्वका समयमा घर, पसल तथा सार्वजनिक स्थानमा विद्युतीय बत्ती, दियो, ग्यास लगायतका सामग्रीको प्रयोग बढ्ने भएकाले आगलागीको जोखिम पनि बढ्ने बताए
विशेषगरी दसैंमा ग्यासका कारण आगलागी हुने सम्भावना बढी रहने र तिहारमा विद्युतीय उपकरण तथा बत्तीको प्रयोगका कारण आगलागी हुन सक्ने जोखिम बढ्ने समेत बताए। उनले दसैंको समयमा खाना पकाउन ग्यासको प्रयोग बढी हुने भएकाले ग्यास चुहावट तथा त्यसबाट हुन सक्ने आगलागीप्रति पनि सचेत रहन सबैमा आग्रह गरे। न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar