०३ कात्तिक, काठमाडौं । दसैंको चहलपहलबीच काठमाडौं उपत्यकामा ठूलो परिमाणमा लागूऔषध भित्र्याउने प्रयास प्रहरीले विफल पारेको छ।
दक्षिणकालीको फर्पिङबाट प्रहरीले ७२ हजार ८० क्याप्सुल ट्रामाडोल बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार सोमबार बिहान करिब ४स्३० बजे फर्पिङस्थित बसपार्कमा सवारीसाधन जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला परेको हो। वीरगन्जबाट काठमाडौं आउँदै गरेको बा।२० च। ७५८८ नम्बरको कारको पछाडिको डिक्कीमा लुकाएर ल्याइएको अवस्थामा ट्रामाडोल बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा बाराको कलैया उपमहानगरपालिका–२३, कोयरियाका २७ वर्षीय सुदिप पटेल र पर्साको वीरगन्ज महानगरपालिका–१७, अलौका २७ वर्षीय सुनिल सहनीलाई नियन्त्रणमा लिएको छ। एसपी थापाका अनुसार चाडपर्वको मौका छोपेर लागूऔषध काठमाडौं उपत्यकामा भित्र्याउन खोजिएको प्रारम्भिक रूपमा देखिएको छ। बरामद लागूऔषध र पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar