|  

पश्चिमी वायुको प्रभाव: पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

०३ कात्तिक,काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका केही हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि बादल लाग्नेछ भने अधिकांश अन्य स्थानमा मौसम मुख्यतया सफा रहनेछ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।

त्यस्तै, राति तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने पूर्वानुमान गरिएको छ।