३ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रयोग गरिने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु हुने प्रतियोगितामा अम्पायरका निर्णयलाई थप विश्वसनीय र पारदर्शी बनाउन यो प्रविधि भित्र्याउन लागिएको हो। एनपीएलका अनुसार डीआरएसले खेलका क्रममा हुन सक्ने अम्पायरिङ त्रुटि कम गर्न र खेलको निष्पक्षता बढाउन सहयोग गर्नेछ। यस प्रणालीमार्फत खेलाडीले अम्पायरको निर्णयमा असहमति जनाउँदै पुनरावलोकनको माग गर्न सक्नेछन्। क्यानका सचिव पारस खड्काका अनुसार डीआरएस जडान तथा सञ्चालनमा लाग्ने खर्च क्यान र प्रतियोगितामा सहभागी आठवटै फ्रेन्चाइजी टोलीले संयुक्त रूपमा व्यहोर्नेछन्। प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट टी–२० लिगको औपचारिक मान्यता तथा स्वीकृतिसमेत पाएको छ।
मंसिर ५ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। विदेशी खेलाडीको सहभागिता र आधुनिक खेल प्रविधिको प्रयोगले यस संस्करणको आकर्षण बढ्ने आयोजकको अपेक्षा छ। डीआरएसको समावेशलाई नेपाली क्रिकेटको प्राविधिक स्तर सुधार गर्ने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar