|  

राष्ट्रपति पौडेलद्वारा शीतल निवासमा नवकन्याको पूजा

०३ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ को अवसरमा मंगलबार राष्ट्रपति भवन शीतल निवासमा नौ जना कन्याको पूजाअर्चना गरेका छन्।

प्रथम महिला सबिता पौडेलसहित सहभागी राष्ट्रपति पौडेलले परम्पराअनुसार नवकन्याको गोडा धोएर टीका लगाउनुका साथै उपहार प्रदान गरेका थिए। बडादसैँमा नवदुर्गाका नौ स्वरूपको प्रतीकका रूपमा कन्याको पूजा गर्ने धार्मिक परम्परा छ। यस अवसरमा राष्ट्रप्रमुखले नवकन्याको पूजाअर्चना गर्ने चलन रहिआएको छ।