०४ कात्तिक,काठमाडौँ । नेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी हर्षोल्लासका साथ मनाइँदै छ।
दशैंको मुख्य दिन आज घरपरिवार तथा आफन्तजन एकै ठाउँमा भेला भएर मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दैछन्। नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्ष दशैंको टीकाका लागि बिहान १० बजेर २६ मिनेटलाई उत्तम साइत निर्धारण गरेको छ। समितिका अनुसार देवी विसर्जनको साइत भने बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ। समितिका अध्यक्ष सहप्राध्यापक डा। पुरुषोत्तम भट्टराईका अनुसार साइतअनुसार टीका लगाउन चाहनेहरूका लागि बिहान १०स्२६ बजेको समय उत्तम मानिएको छ। यद्यपि, विजया दशमीका दिन दिनभर नै टीका लगाउन सकिनेछ।
नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार शुभ साइतमा टीका ग्रहण गर्दा टीका लगाइदिने मान्यजन पूर्वतर्फ फर्कनुपर्छ भने टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्कनुपर्ने हुन्छ।
दशैंमा नवदुर्गा भवानीको पूजा–आराधना गरी देवीको प्रसादका रूपमा टीका र जमरा ग्रहण गर्ने धार्मिक परम्परा छ। यस अवसरमा परिवारका ज्येष्ठ सदस्य तथा मान्यजनले आफूभन्दा सानालाई टीका लगाइदिँदै सुख, शान्ति, समृद्धि, दीर्घायु र सफलताको आशीर्वाद दिने गर्छन्।
दशैंले जोड्छ परिवार र आफन्त
रोजगारी, अध्ययन तथा विभिन्न पेसा–व्यवसायका कारण घरबाट टाढा रहेका नेपालीहरू दशैं मनाउन आफ्नो जन्मथलो र परिवारकहाँ फर्कने गर्छन्। त्यसैले दशैं धार्मिक आस्थाको पर्व मात्र नभई पारिवारिक भेटघाट, आत्मीयता र पुनर्मिलनको विशेष अवसरसमेत हो।
नेपालमा राष्ट्रिय पर्वका रूपमा मनाइने बडादशैंको मुख्य दिन विजया दशमीमा टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने गरिन्छ। कतिपय स्थानमा भने कोजाग्रत पूर्णिमासम्मै मान्यजनबाट टीका तथा आशीर्वाद थाप्ने परम्परा कायम छ।
आजको दिनले सबै नेपालीको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि र नयाँ उत्साह ल्याओस् भन्ने कामनासहित देशभर विजया दशमी मनाइँदै छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar