|  

दुःखमा परेका परिवारसँग खुसी बाँड्न गगन थापाको आग्रह

०४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील अवस्थामा परेको यस वर्षको विजयादशमीमा दुःखमा रहेका परिवारलाई साथ दिन र खुसी बाँड्न आग्रह गरेका छन्।

बुधबार फेसबुकमार्फत विजयादशमीको शुभकामना सन्देश जारी गर्दै थापाले चाडपर्वको खुसी आफ्नै घरआँगनमा मात्र सीमित नराखी पीडामा परेका परिवारको दुःखमा मलम लगाउनुपर्ने बताएका छन्। उनले विजयादशमीले आफूभित्रका कमजोरीमाथि विजय प्राप्त गर्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र समाजमा आपसी सद्भाव तथा एकता बढाउने विश्वास व्यक्त गरेका छन्।

थापाले कठिन परिस्थितिमा एकअर्काको सहारा बन्दै मानवीयता र सहकार्यको भावना बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।