|  

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

०४ कात्तिक, काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित तलेजु भवानी मन्दिरमा जीवित देवी कुमारीलाई मङ्गलबार राति दर्शन गराइएको छ।

परम्पराअनुसार तान्त्रिक तथा वैदिक विधिबाट कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको हो। यसबाट शक्ति प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। कुमारी घरका व्यवस्थापक गौतम शाक्यका अनुसार कुमारीलाई रथयात्रासहित सुरक्षित रूपमा कुमारी घरबाट तलेजु परिसरमा पुर्‍याइएको थियो। दर्शनका लागि देवी तलेजु भवानीलाई मन्दिरबाट मूल चोकमा सारिएको थियो।

हनुमानढोका दरबारको उत्तरतर्फ रहेको तीनतले प्यागोडा शैलीको तलेजु मन्दिरलाई मल्ल राजाहरूले कुलदेवताका रूपमा पूज्ने गरेको ऐतिहासिक मान्यता छ।