|  

दसैँले विविधताबीचको एकता र सद्भाव बलियो बनाउँछ : सभामुख अर्याल

०४ कात्तिक, काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले बडादसैँले नेपालीबीच आपसी मेलमिलाप, भ्रातृत्व र सामाजिक एकतालाई थप सुदृढ बनाउने बताएका छन्।

दसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र निरन्तर प्रगतिको कामना गरेका छन्। सभामुख अर्यालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजमा दसैँले विविधताबीचको सौहार्द र राष्ट्रिय एकता मजबुत बनाउन सहयोग पुर्‍याउने उल्लेख गरेका छन्। उनले यस पर्वले सत्यको विजय, सदाचार, सामाजिक न्याय र लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

उनले संविधानको मर्मअनुसार जनमैत्री कानुन निर्माण, सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न संघीय संसद् प्रतिबद्ध रहेको उल्लेख गर्दै विजयादशमीले नागरिकमा नयाँ ऊर्जा, नवप्रवर्तन र राष्ट्र निर्माणको सङ्कल्प जगाउने अपेक्षा गरेका छन्। साथै, राष्ट्रिय एकता थप सुदृढ बनाउन माता दुर्गा भवानीको आशीर्वाद प्राप्त होस् भन्ने कामना गरेका छन्।