|  

ट्रम्प प्रशासनद्वारा ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द

०४ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले दोस्रो कार्यकालमा ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द गरेको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत भिसा रद्द गरिएको जानकारी दिएका हुन्। प्रशासनले कानुन उल्लंघन, ठगी र राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्ने गतिविधिमा संलग्न विदेशी नागरिकमाथि कडा कारबाही गरिरहेको जनाएको छ। तर मानवअधिकारवादीहरूले उचित कानुनी प्रक्रिया र अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भएको भन्दै आलोचना गरेका छन्। विशेषगरी गाजामा इजरायली आक्रमणको विरोध गर्ने प्यालेस्टाइन समर्थक विदेशी नागरिकको भिसा रद्द गरिएको घटनाले विवाद निम्त्याएको छ।

ट्रम्प प्रशासनले आप्रवासन नियन्त्रण र भिसा जाँचमा कडाइ गरेपछि कानुनी रूपमा अमेरिका जान चाहने विदेशी नागरिकसमेत प्रभावित हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।