|  

राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दसैँको टीका

 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको शुभसाइतमा दसैँको टीका, जमरा र प्रसाद ग्रहण गरेका छन्।

बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा गुरु पुरोहितबाट राष्ट्रपति पौडेलले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्।

राष्ट्रपतिले टीका लगाएपछि प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीका र जमरा लगाइएको राष्ट्रपति स्वकीय सचिवालयले जनाएको छ।