|  

यू-१९ महिला विश्वकपका १५ खेल नेपालमा आयोजना हुने

०४ कात्तिक, काठमाडौं ।  आईसीसी यू-१९ महिला विश्वकप क्रिकेटका १५ खेल नेपालमा हुने भएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिताका कुल ४१ खेलमध्ये १५ खेल नेपालमा आयोजना हुनेछन्। नेपालमा त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा खेल सञ्चालन गरिनेछ। आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म हुने प्रतियोगिता नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्दैछन्।