०४ कात्तिक, काठमाडौं । चितवनको सौराहा घुम्न आएका ३५ जनाभन्दा बढी विदेशी पर्यटकले नेपालीसँगै बडादसैँ मनाएका छन्। विभिन्न होटलमा उनीहरूले टीका र जमरा लगाउँदै नेपाली संस्कृति तथा परम्पराको अनुभव गरेका हुन्।
सौराहाका होटलहरूले पर्यटकलाई टीका र जमरा लगाइदिएर दसैँको खुसी साटासाट गरेका थिए। अमेरिका, फ्रान्स, जर्मनी, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, आयरल्यान्ड र अस्ट्रेलियालगायत देशका पर्यटक यसमा सहभागी भएका थिए। अमेरिकाबाट आएका डविट, आयरल्यान्डका सेरिजेन्ट र फोरिभ तथा अस्ट्रेलियाकी जयाले नेपाली परम्पराअनुसार दसैँ मनाउन पाउँदा खुसी लागेको बताएका छन्। होटल व्यवसायीका अनुसार विदेशी पर्यटकसँग चाडपर्व मनाउँदा नेपाली संस्कृति र परम्पराको प्रचार हुनुका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्छ।
चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार सौराहा आउने पर्यटकमध्ये तेस्रो मुलुकका पर्यटकको हिस्सा करिब २५ प्रतिशत छ। वन्यजन्तु र प्राकृतिक सुन्दरतासँगै नेपाली संस्कृति तथा चाडपर्वले पनि विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar