काठमाडौं, ५ कात्तिक। नेपाली समाजमा दशैंको टीका लगाउने परम्परा विजयादशमीमा मात्र सीमित छैन।
टाढा रहेका आफन्त तथा मान्यजनबाट आशीर्वाद लिन नसकेकाहरूले एकादशीका दिन पनि टीका र जमरा लगाउने क्रमलाई निरन्तरता दिएका छन्। दशैंको टीका तथा जमरा लगाउने चलन कोजाग्रत पूर्णिमासम्म कायम रहने धार्मिक तथा सांस्कृतिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य वेदमणि भट्टराईले बताएका छन्।
उनका अनुसार नेपालका विभिन्न क्षेत्रमा दशैंको टीका लगाउने प्रचलन फरक–फरक छ। पूर्वी तथा मध्य नेपालका कतिपय स्थानमा पूर्णिमासम्म टीका लगाउने चलन छ भने पश्चिम नेपालका धेरै ठाउँमा दुर्गा विसर्जनपछि एक दिन मात्रै टीका लगाउने परम्परा छ। भट्टराईले स्थानीय परिवेशअनुसार विकसित भएका यस्ता परम्परालाई अस्वाभाविक रूपमा लिन नहुने धारणा व्यक्त गरेका छन्। दशैंको पहिलो दिन आश्विन शुक्ल प्रतिपदामा स्थापना गरिएको घटस्थापनाको कलशको अभिषेकसहित विजयादशमीमा देवीको प्रसादका रूपमा टीका र जमरा लगाउने गरिन्छ। मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्नु यस पर्वको प्रमुख सांस्कृतिक पक्ष हो।
यसैबीच, आज आश्विन शुक्ल एकादशी अर्थात् पापाङ्कुशा एकादशी पनि परेको छ। धार्मिक मान्यताअनुसार यस दिन व्रत बस्दा विगतमा जानी–नजानी गरिएका पापबाट मुक्ति प्राप्त हुने विश्वास गरिन्छ। यसरी दशैंको धार्मिक आस्था, पारिवारिक भेटघाट र क्षेत्रअनुसारका सांस्कृतिक परम्पराले टीका लगाउने क्रमलाई कोजाग्रत पूर्णिमासम्म निरन्तरता दिने गरेको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar