०५ कात्तिक, काठमाडौं । साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको साउदी अरामकोको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणसँग सम्बन्धित घटनामा एक नेपालीसहित दुई विदेशी कामदारको मृत्यु भएको छ। घटनामा भारतीय र पाकिस्तानी नागरिक घाइते भएका छन्।
संयुक्त अरब इमिरेट्स (यूएई) को सीम नजिकै रहेको शायबाह तेल क्षेत्रमा खसालिएको ड्रोनका अवशेष लाग्दा फिलिपिन्सका एक नागरिक र नेपाली कामदारको ज्यान गएको हो। घटनामा घाइते भएका भारतीय र पाकिस्तानी नागरिकको अवस्थाबारे भने थप विवरण सार्वजनिक भएको छैन। साउदी ऊर्जा मन्त्रालयका अनुसार ड्रोनका टुक्रा खस्दा तेल क्षेत्रमा कार्यरत ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा आगलागी भएको थियो। मन्त्रालयले घटनाको पुष्टि गरे पनि आक्रमणका लागि जिम्मेवार समूहको पहिचान सार्वजनिक गरेको छैन। घटनामा ज्यान गुमाएका नेपाली नागरिकको परिचय तथा स्थायी ठेगानाबारे साउदी अधिकारीहरूले थप विवरण सार्वजनिक गरेका छैनन्। उनको शव नेपाल ल्याउने प्रक्रियाबारे पनि आधिकारिक जानकारी आउन बाँकी छ। घटनापछि सम्बन्धित सुरक्षा निकायले आवश्यक सतर्कता अपनाएको साउदी ऊर्जा मन्त्रालयले जनाएको छ।
यमनका इरानसमर्थित हुथी विद्रोहीहरूले यसअघि पनि साउदी अरबका ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमण गर्दै आएका छन्। शायबाह क्षेत्रमा भएको पछिल्लो घटनाले खाडी मुलुकका ऊर्जा तथा औद्योगिक क्षेत्रमा कार्यरत विदेशी कामदारको सुरक्षासम्बन्धी चिन्ता फेरि बढाएको छ। साउदी अरब तथा खाडी क्षेत्रका विभिन्न देशमा नेपाली नागरिक निर्माण, सेवा र ऊर्जा क्षेत्रमा कार्यरत छन्। यस्ता क्षेत्रमा सुरक्षा जोखिम बढ्दा त्यहाँ काम गर्ने नेपाली श्रमिकसमेत प्रभावित हुन सक्ने भएकाले घटनालाई चासोका साथ हेरिएको छ।
घटनाको जिम्मेवारी कसले लिएको हो भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक भएको छैन। मृतक नेपालीको पहिचान, शव स्वदेश फिर्ता र घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar