०५ कात्तिक, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय शासन व्यवस्था, विश्व शान्ति र सहकार्यका विषयमा छलफल हुने ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी हुन चीन प्रस्थान गरेकी छन्।
चीनको हपवे प्रदेशस्थित स्योङआनमा अक्टोबर २३ देखि २५ सम्म आयोजना हुने सम्मेलनमा भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ मुख्य विषय रहेको सम्मेलनमा संयुक्त राष्ट्रसङ्घ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, बहुपक्षीयताको प्रवर्द्धन, विश्व शान्ति तथा शान्ति स्थापनाका लागि आवश्यक सुधारबारे छलफल हुनेछ।
त्यसैगरी, अन्तर्राष्ट्रिय सम्बन्धमा विकासशील राष्ट्रको भूमिका, विश्व व्यापारमा ग्लोबल साउथको सहभागिता, जलवायु परिवर्तन, न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर सुरक्षाजस्ता विषय पनि सम्मेलनका प्रमुख एजेन्डा रहनेछन्। सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल तथा गोलमेच बैठक आयोजना गरिनेछ। पूर्वराष्ट्रपति भण्डारी आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar