|  

काठमाडौं उपत्यकामा २४ घण्टामा ११५ सवारीचालक कारबाहीमा

०५ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ११५ सवारीचालकलाई कारबाही गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७९ जनासहित विभिन्न कसुरमा चालकहरू कारबाहीमा परेका हुन्। कारबाहीमा सीसीटीभीबाट पहिचान भएका पाँच जना, रातो बत्ती उल्लङ्घन गर्ने चार जना र अन्य कसुरमा २७ जना रहेका छन्।

ट्राफिक प्रहरीले लेन अनुशासन उल्लङ्घन, तीव्र गति, निषेधित क्षेत्रमा हर्न बजाउने तथा एकतर्फी सडकमा नियम मिच्ने चालकविरुद्ध निगरानी र कारबाही अभियानलाई तीव्र बनाएको जनाएको छ।