|  

जेनजी आन्दोलनका क्रममा फरार कैदी पक्राउ

०५ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका कैदी चन्द्र दमाई केसी पक्राउ परेका छन्।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका-६, धर्मस्थली बस्दै आएका ४६ वर्षीय केसी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कैद भुक्तान गरिरहेका थिए। गत वर्ष भदौ २५ गते आन्दोलनका क्रममा फरार भएका उनलाई प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउपछि केसीलाई पुनः केन्द्रीय कारागार, जगन्नाथदेवल पठाइएको प्रहरीले जनाएको छ।