|  

गङ्गापूर्ण हिमालमा बेपत्ता दुई जापानी आरोही मृत फेला

०७ कात्तिक, काठमाडौं । मनाङस्थित गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुई जापानी पर्वतारोही मृत अवस्थामा फेला परेका छन्।

ङिस्याङ गाउँपालिका–६ मा पर्ने ७ हजार ४५५ मिटर अग्लो गङ्गापूर्ण हिमाल आरोहण गर्न गएका जापानी नागरिक हिदेसुके तानेइशी र तेत्सु हाशिमोतोको शव शुक्रबार फेला परेको हो। आरोहणका क्रममा सम्पर्कविहीन भएपछि खोजी गरिएका दुवै आरोही मृत भेटिएको जनाइएको छ। घटनाबारे थप विवरण भने उपलब्ध हुन बाँकी छ।