७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका सबै तहका कमिटीलाई सामाजिक सञ्जालमा आधिकारिक पेज वा ग्रुप बनाउन र त्यसको विवरण पार्टी केन्द्रलाई उपलब्ध गराउन निर्देशन दिएको छ।
पार्टीले हालै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा सामाजिक सञ्जालमार्फत पार्टीका गतिविधि, निर्णय र आधिकारिक धारणा व्यवस्थित रूपमा सार्वजनिक गर्न यस्तो निर्देशन दिइएको हो। अपानिको बुँदा नम्बर ७ मा पार्टी मातहतका समितिहरूले सामाजिक सञ्जालमा आधिकारिक पेज वा ग्रुप बनाइसकेको भए त्यसको जानकारी गराउनुपर्ने र नबनाएको भए तत्काल निर्माण गरेर पार्टी केन्द्रलाई जानकारी दिनुपर्ने उल्लेख छ। पार्टीको प्रचार, प्रकाशन तथा डिजिटल सञ्चार प्रणालीलाई प्रभावकारी, तथ्यमा आधारित र आधुनिक बनाउने उद्देश्यले यो व्यवस्था गरिएको नेकपाले जनाएको छ।
नेकपाले प्रचार तथा सञ्चार प्रणालीलाई थप व्यवस्थित बनाउँदै सामाजिक सञ्जाल, वेबसाइट, डिजिटल बुलेटिनलगायत माध्यमको प्रभावकारी उपयोग गर्ने योजना अघि सारेको छ। अपानिअनुसार पार्टीले डिजिटल सञ्चार अभियानअन्तर्गत छवटा मुख्य काम गर्नेछ।
नेकपाले असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकको निर्णयअनुसार असोज २५ गते अन्तरपार्टी निर्देशन जारी गरेको थियो। सोही निर्णयअनुसार पार्टीले कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म देशभर दुईमहिने जागरण अभियान सञ्चालन गर्ने जनाएको छ। अपानिमा उल्लेख भएअनुसार उक्त अभियान पार्टीको राष्ट्रिय महाधिवेशन, स्थानीय तह तथा प्रदेशसभा निर्वाचनको तयारी र सरकारले गरेका जनविरोधी क्रियाकलापविरुद्ध आन्दोलनको तयारीका रूपमा सञ्चालन गरिनेछ।
जागरण अभियानलाई प्रभावकारी बनाउन पार्टीका गतिविधि र आधिकारिक धारणा जनतामाझ पुर्याउनेदेखि गलत सूचनाको खण्डन गर्नेसम्मका कामलाई डिजिटल सञ्चार रणनीतिमा समेटिएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar