|  

यू-१५ विश्वकपमा नेपालको सुरुवात हारबाट, ट्युनिसियासँग ३-१ ले पराजित

०७ कात्तिक, काठमाडौं । फिफा यू-१५ विश्वकप तथा फेस्टिभलमा नेपालले पहिलो खेलमै हार बेहोरेको छ। अजरबैजानमा भएको प्रतिस्पर्धामा नेपाल ट्युनिसियासँग ३-१ गोलले पराजित भएको हो।

ट्युनिसियाको जितमा अयुब नुरी, करिम मुख्तार र अजिज मालेजले गोल गरे। नेपालका लागि अर्जुन मगरातीले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। पहिलो खेलमा पराजित भएको नेपालले अब आइतबार गिनी–बिसाउ र एल साल्भाडोरसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि सोमबार ब्राजिल र डिआर कंगोसँग खेल्ने तालिका छ। नेपाल रहेको समूहमा ट्युनिसियासहित ब्राजिल, डिआर कंगो, एल साल्भाडोर र गिनी–बिसाउ रहेका छन्।