|  

अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति गोकुल बास्कोटाको आलोचना

०७ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति आलोचना गरेका छन्।

बास्कोटाले सामाजिक सञ्जालमार्फत वाग्लेको भनाइप्रति असन्तुष्टि जनाउँदै राष्ट्रियता र राष्ट्रिय हितबारे उनको बुझाइप्रति प्रश्न उठाएका हुन्। भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै अर्थमन्त्री वाग्लेले नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनाका रूपमा बुझ्ने युग समाप्त भएको बताएका थिए। उनले नयाँ पुस्ताको मुख्य चाहना आर्थिक समृद्धि र सुशासन रहेको उल्लेख गर्दै नेपालको परराष्ट्र नीति सकारात्मक दिशामा अघि बढिरहेको धारणा व्यक्त गरेका थिए।

भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेको यही अभिव्यक्तिलाई लिएर बास्कोटाले सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन्।