|  

हाँस्य कलाकार मदनकृष्ण कोरोनामुक्त

१८ वैशाख, काठमाडौँ ।हाँस्य  कलाकार मदनकृष्ण श्रेष्ठ कोरोनामुक्त भएका छन् ।

एक साताअघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका उनी आज घर फर्किएका हुन् । काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा ८ दिनको उपचारपछि उनी शनिबार स्वस्थ भएर घर फर्किएका हुुन् ।

कोरोनामुक्त भएपछि उनले भिडियोमार्फत आफ्नो अनुभव सुुनाउँदै कोरोनाबाट बच्न सबैलाई अपिल गरेका छन् । त्यसक्रममा उनले मास्क लगाउनुका साथै स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन् ।

उनका परिवारका पाँचैजना सदस्यलाई कोरोना भएको थियो ।