|  

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

०७ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १०२, तीव्र गतिमा चलाउने ५७ र सीसी क्यामराको निगरानीबाट ३९ सवारीसाधन कारबाहीमा परेका छन्। त्यस्तै, रातो बत्ती उल्लंघन गर्ने २०, हर्न बजाएर चलाउने आठ, लेन अनुशासन पालना नगर्ने तीन र सवारीसाधनको अवस्था ठीक नभएका दुई सवारीसाधन कारबाहीमा परेका छन्। अन्य कसुरमा १०५ सवारीसाधनमाथि कारबाही गरिएको कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए।

ट्राफिक प्रहरीले चाडपर्वका समयमा सवारी नियम उल्लंघन गर्ने चालकमाथि निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ।