८ कात्तिक, काठमाडौं । जर्मनीको दक्षिणी राज्य बाभेरियामा रहेको एडोल्फ हिटलरसँग सम्बन्धित ऐतिहासिक भवन ‘केल्श्टाइन हाउस’ मा शुक्रबार आगलागी भएको छ। घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
‘इगल्स नेस्ट’ नामले समेत चिनिने उक्त भवनमा शुक्रबार राति स्थानीय समयअनुसार ९ः१५ बजे आगलागी भएको सूचना आपत्कालीन सेवाका अधिकारीहरूले प्राप्त गरेका थिए।
प्रहरीका अनुसार दुर्गम क्षेत्रमा अवस्थित भवनसम्म पुग्न कठिनाइ भएकाले आगो निभाउन समस्या भएको थियो। शनिबार बिहानसम्म पनि आगो नियन्त्रणमा आइसकेको थिएन।
आगलागी नियन्त्रणका लागि घटनास्थलमा आपत्कालीन सेवाका करिब २०० कर्मचारी परिचालन गरिएको थियो। अधिकारीहरूका अनुसार घटनामा मानवीय क्षति भने भएको छैन।
आगलागीको कारण र घटनामा पक्राउ परेका व्यक्तिको संलग्नताबारे थप अनुसन्धान भइरहेको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar